सुखावतीको चौथो शाखा पोखरामा, पावरहाउस क्षेत्रमा सरसफाई
पाेखरा | पुस १०, २०८०
पोखरा: सुखावती स्टोर फाउन्डेशन नेपालले आफ्नो चौथो शाखा पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसमा सञ्चालनमा ल्याएको छ ।
प्रयोग भैसके पनि पुनः प्रयोग गर्न मिल्ने सामाग्री सङ्कलन÷प्रशोधन गरी न्युन मूल्यमा विक्री गरेर भएको आम्दानी परोपकारी काममा लगाउँदै आएको सस्थाले सन् २०१४ देखि सडकबाटै आफ्नो सेवा सञ्चालन गरेको थियो ।
सन् २०१६ मा कानुनी रुपबाटै नाफा वितरण नगर्ने संस्थाका रुपमा सेवा सुरु गरेको सुुखावती स्टोरका काठमाडौंमा तीनवटा शाखा सञ्चालनमा आइसकेकोमा यही अक्टोबर ११ बाट पोखरा महानगरपालिका वडा नं १७ पावरहाउसस्थित डमरु मार्केटमा चौंथो नयाँ शाखा सञ्चालनमा ल्याइएको व्यवस्थापक चित्र दहालले जानकारी दिनुुभयो ।
पोखरामा शाखा सञ्चालनमा ल्याएर मानव कल्याण, रोजगारी सिर्जना र खेर गैरहेको सामाग्रीको यथासम्भव पुुनः प्रयोग गर्ने संस्कृतिलाई बढावा दिदै वातावरणीय संरक्षणमा योगदान दिने अभियानमा पोखरेलीवासीको साथ र सहयोग मिल्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।
संस्थाकै आयोजनामा आज पोखरा महानगरपालिका वडा नं १७ पावरहाउस क्षेत्रमा चार टन भन्दा बढी फोहोर संकलन गरिएको छ ।
संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्य राख्दै आज गरिएको सरसफाईमा ६० किलोग्राम तौलका ६८ वटा बोरामा चार हजार ८० किलोग्राम फोहोर संकलन भएको फाउन्डेशनका अध्यक्ष चिजमान गुुरुङले जानकारी दिनुुभयो ।
महेन्द्रपुल लगायत पोखराका विभिन्न स्थाबाट आएको फोहोर पावरहाउसमा आउने गरेको स्थानीयवासीबाट जानकारी पाइएको फाउन्डेशनका सचिव कमला गुुरुङले बताउनुुभयो । फोहोरको ठाउँ ठाउँमा नै उचित व्यवस्थापन भएरमा थुप्रीएर ठूलो मात्रामा नआउने भएकोले यसतर्फ राज्यको ध्यान पुुग्नुु जरुरी रहेको उहाँको भनाइ छ ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

